साइनो समाचारदाता
कैलाली । माछा मार्ने क्रममा डुबेर कञ्चनपुरमा २ जनाको मृत्यु भएको छ । एक जनालाई भने स्थानीयले उद्धार गरेका छन् । लालझाडी गाउँपालिका वडा नम्बर २ कञ्जका १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको दोदा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
‘सोमबार दिउसो नदीमा माछा मार्न गएका उनीहरु डुबेका हुन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘अर्की १२ वर्षीया अनु रानालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरे ।’दुवैको शव बगेको स्थानबाट करिब तीन सय मिटर टाढा फेला परेको उनले जानकारी लिए ।
















