साइनो समाचारदाता
भरतपुर । चितवन जिल्लामा ३५ जना कोरोना संक्रमित थपीएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट सोमबार राति प्राप्त रिपोर्टमा ३५ जना कोरोना कोरोना संक्रमित थपीएका हुन् ।
उनीहरुमध्ये ३१ जना भरतपुर महानगरपालिकाभित्रका रहेका छन् । नमूना परीक्षणमा चितवनका १५ र अन्य जिल्लाका पाँच जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।चितवनका नयाँ संक्रमितहरू १८ देखि ६५ वर्ष उमेर समूहका छन् ।
भरतपुर अस्पताल र पुष्पाञ्जलिबाट उनीहरूको स्वाब संकलन गरिएको हो । पूर्वीचितवनको राप्ती नगरपालिकामा तीन जना थपिएका छन् । नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका एकरएक जनामा संक्रमण पुष्टि भएको छ । धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
















