साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे का १ व्यक्तिले ज्यालामजदुरी गर्ने २५ परिवारलाई राहत वितरण गरेका छन् । वडा नं १ का गन्जबहादुर राईले भाडामा बसेर ज्यालामजदुरी गर्ने सोहि वडाका २५ परिवारलाई राहत वितरण गरेका हुन् ।

उनले आफ्नी श्रीमति विष्णुकुमारी राईको स्मृतिमा प्रदेश सांसद कृष्णकुमारी राइमार्फत राहत वितरण गरेका हुन् । पुष्पा लिम्बुको संयोजनमा भएको राहत वितरण कार्यमा प्रत्येक परिवारलाई प्रति परिवार २५ केजि चामल, दाल वितरण गरिएको थियो ।
















