साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४९० नमुना परीक्षणमा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३९ हजार ४६० पुगेको छ । उनीहरुमध्ये २२८ जनाको मृत्यु भएको छ भने २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
















