साइनो समाचारदाता
पथरी । मोरङको बेलबारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका ८ बस्ने २८ वर्षीया फूलकुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको हो ।
आइतबार साँझ ६ बजे आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागेर उनि बेहोस भएकी थिइन् । लगत्तै उनलाई पथरी अस्पतालमा उपचारको लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार उनको बेलुकी साढे ७ बजे मृत्यु भएको थियो ।
















