साइनो समाचारदाता
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरमा थप एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगर वडा ५ निवासी ६७ वर्षीय पुरुष रहेका छन् ।
भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मुटुरोग, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । अस्पतालको फिभर क्लिनिकको आइसोलेशनमा आइतबार बिहानदेखि उपचाररत उनको मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ । बुटवलमा दैनिक कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ भने मृतकको संख्या पनि वृद्धि हुँदै गएको छ ।
















