बलात्कारको अभियोगमा चारजना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बलात्कारको अभियोगमा चारजना पक्राउ

साइनो समाचारदाता
कैलाली । जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।उहाँले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको बताउनुभयो ।

१५ ट्रयाक्टर नियन्त्रणमा

कैलालीमा अवैध रुपमा ढुङ्गा, बालुवालगायत नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गरिरहेका अवस्थामा १५ ट्रयाक्टर नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीको गस्ती टोलीले आज बिहान तिनलाई नियन्त्रणमा लिएको हो ।

बर्खायाममा खोलानाला बन्द हुने गरे पनि अवैध रुपमा धमाधम उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरीले खुटिया नदीबाट ती ट्रयाक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो । गोदावरी नगरपालिका –९ सेहरीमा तल्लो खुटियाबाट ढुङ्गाबालुवा भरिरहेका अवस्थामा ट्रयाक्टर नियन्त्रणमा लिइएको जनाइएको छ ।

कैलालीमा जारी निषेधाज्ञाका अवधिमा जिल्लाका विभिन्न खोलानाला तथा नदीमा नदीजन्य पदार्थको अवैधरुपमा उत्खखन भइरहेको छ । गत असारदेखि यही भदौ अन्तिमसम्म बर्खायाममा खोलानाला तथा नदीमा ढुङ्गा, गिट्टी, बालुवालगायत पदार्थ उत्खनन गर्न रोक लगाइएको छ ।

रासस

सम्बन्धित खवर