प्रदेश नं १ मा थप ११२ जनामा कोरोना संक्रमण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रदेश नं १ मा थप ११२ जनामा कोरोना संक्रमण

साइनो समाचारदाता
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ११२ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोमध्ये ३४ महिला, ७८ पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९÷१९, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका एक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विराटनगरमा २१ जना कोरोनाबाट सङ्क्रमित पुष्टि भएको छ । जसमा महिला १० र पुरुष ११ छन् । मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितमा मोरङको कटहरीमा छ महिला, नौ पुरुष, पथरी शनिश्चरेमा सात पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, बेलबारी र सुनबर्सीमा एक÷एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, जिल्ला बाहिर सुनसरीको इटहरीमा दुई महिला र सात पुरुष, दुहवीमा तीन महिला र छ पुरुष, धरानमा दुई महिला र चार पुरुष, झापाको दमकमा सात महिला र नौ पुरुष, झापा गाउँपालिकामा एक महिला र दुई पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा एक महिला र १८ पुरुष, सङ्खुवासभाको खाँदबारीमा दुई पुरुष तथा प्रदेश बाहिरकी एक महिलामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा हालसम्ममा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या तीन हजार २१६ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर नौ जना घर फर्केका छन् । घर फर्किनेमा झापा मेचीनगरको धाइजन आइसोलेसन केन्द्रका नौ जना छन् । हालसम्ममा यस प्रदेशमा डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ५२५ पुगेको छ भने पछिल्लो २४ घण्टाको अवधिमा एक हजार २२० जनाको पिसीआर परीक्षण भई हालसम्ममा ८६ हजार ४२२ जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

रासस

सम्बन्धित खवर