सभापति देउवाद्वारा दुःख व्यक्त - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सभापति देउवाद्वारा दुःख व्यक्त

साइनो समाचारदाता । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता पन्नाकाजी महर्जनको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ती जारी गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का पूर्व क्षेत्रीय सभापतिसमेत रहनुभएका ६७ वर्षीय महर्जनको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

महर्जनको आज बिहान काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित आफ्नै निवासमा निधन भएको थियो । विसं २०३६ देखि राजनीतिमा सङ्लग्न रहँदै आउनु भएका स्वर्गीय महर्जनले पार्टीको नवौँ महाधिवेशनपछि तीन पटकसम्म क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्नु भएको काँग्रेसले जनाएको छ ।

स्वर्गीय महर्जन नेपाल ट्रेड युनियन काँग्रेस तदर्थ समिति काठमाडौँका पूर्व वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्थ्यो । नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा स्वर्गीय महर्जनले जेल जीवन पनि व्यतित गर्नु भएको थियो । सभापति देउवाले स्व महर्जनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

 

 

रासस

 

 

सम्बन्धित खवर