साइनो समाचारदाता
ललितपुर । पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया रहेका छन् । उनीहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुवैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले पुष्टि गरे ।
उच्च रक्तचापको समस्या रहेकी काठमाडौँकी महिला ३० साउनमा पाटन अस्पतालमा भर्ना भएकी थिइन् । शुक्रबार राति १० बजेको समयमा उनको मृत्यु भएको शाक्यले जानकारी दिए । भक्तपुरकी महिला ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् । डा. शाक्यका अनुसार उनको शनिबार बिहान ६ बजे मृत्यु भएको हो ।
















