नोबेलको ईमर्जेन्सी खुल्यो, काममा फर्किए नर्सहरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नोबेलको ईमर्जेन्सी खुल्यो, काममा फर्किए नर्सहरु

साइनो समाचारदाता
बिराटनगर । नोबेल शिक्षण अस्पतालको इमर्जेन्सी सेवा सुचारु भएको छ । अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केही दिनयता बन्द रहेको ईमर्जेन्सी सेवा शुक्रबारबाट पुनः सुचारु भएको हो ।

ईमर्जेन्सीबाट सबै किसिमका बिरामीको उपचार थालिएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । ‘केही दिन यता सेवा प्रभावित भएको थियो । अब ईमर्जेन्सीबाट पुनः सबै किसिमका बिरामीको उपचार थालेका छौ ।’ निर्देशन नेपालले भने ।यता, समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि बन्द भएको नोबेलले ओपीडी पनि अहिले खुल्ला भएको छ । ओपीडीबाट पनि नोबेलले बिरामीको उपचार गरिरहेको छ ।

यसैबीच केही दिन अघि सामुहिक राजीनामा दिएका नोबेलको ईमर्जेन्सी बिभागका नर्सहरु पनि काममा फर्किएका छन् । राजीनामा दिएका नर्सहरु र अस्पताल प्रशासनबीच भएको छलफलमा सहमति जुटेपछि २५ जना नर्सहरु काममा फर्किएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

सम्बन्धित खवर