सुनसरीमा ३८ जना संक्रमित थपिए - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सुनसरीमा ३८ जना संक्रमित थपिए

साइनो समाचारदाता । सुनसरीमा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १८ जना सुरक्षाकर्मी रहेका छन् । सुनसरीको धरानमा २ जना नेपाली सेना संक्रमित भएका छन् । त्यसैगरी सरुवा भई सुनसरी आएर स्वाब संकलन पश्चात क्वारेन्टिनमा बसेका मध्ये १३ जना प्रहरीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

कोशी गाउँपालिकामा कार्यरत २ जना प्रहरी समेत संक्रमित पाइएका छन् । कोशीका थप एक संक्रमित भने सशस्त्र प्रहरी रहेको बताइएको छ । सुनसरीमा आज थपिएका संक्रमित मध्ये एकजना ७४ वर्षिय वृद्ध समेत छन् । उनी इनरुवा ५ बलाहा घर भएका व्यक्ति हुन् । वृद्ध सहित इनरुवाका ४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये इनरुवा वडा नम्बर १ घर भएका दुई जना रहेका छन् । त्यसैगरी इनरुवा ५ घर भएकी महिला समेतमा कोरोना देखिएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

आज थपिएका संक्रमितहरुमा धरानका ९, देवानगञ्जका ४, इटहरीका ५, कोशीमा ३ र इनरुवामा १३ प्रहरी सहित १७ जना रहेका छन् । आज संक्रमित हुनेमा वीपी प्रतिष्ठान धरानकी नर्स समेत रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । पछिल्लो थपिएको संंख्या सहित सुनसरीमा कोरोना संक्रमितको संख्या ५ सय ७७ पुगेको छ । जसमध्ये २ सय ३५ जना निको भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खवर