साइनो समाचारदाता
काठमाडौं । विश्वभरिनै महामारिको रुपमा फैलीको कोरोना भाइरसले नेपालमा पनि आतंक मच्चाइरहेको छ । पछिल्लो समय नेपालमा पनि आम सर्वसाधरणका साथै बिशिष्ट ब्यक्तिहरुमा संक्रमण पुष्टि हुन थालेको छ । विश्वका धनिको सुचिमा रहेका नेपालमा अर्वपति बिनोध चौधरीलाई पनि कोरोना पुष्टि भएको छ ।
शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी चौधरीले दिएका छन् ।कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् । डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।
















