साइनो समाचारदाता
काठमाडौं । विहिबार थप १ हजार १११ कोरोना भाइरस (कोभिड(१९) का संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
















