साइनो समाचारदाता
काठमाडौं । बहुविवाह मुद्धामा फरार रहेका २ जना प्रतिवादीलाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्धाको फैसलापछि फरार भएका दुईजनालाई जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ बस्ने ३४ बर्षिय राजेन्द्र बहादुर खड्का र बाजुरा घर भएकी २७ बर्षिय राधिका खड्का छन् ।
जयपृथ्वी नगरपालिका–९ देवलबाट पक्राउ गरिएका उनीहरुलाई ०७० फागुनमा बझाङ जिल्ला अदालतले २ बर्ष कैद र १६ हजार जरिवाना हुने फैसला गरेका थियो । फैसलापछि उनिहरु फरार थिए । अदालतको आदेशले उनीहरुलाई कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ चलान गरिएको छ ।
















