साइनो समाचारदाता
इटहरी । इटहरीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै इटहरीमा कोरोना संक्रमितको संख्या एक सय एक पुगेको इटहरी उपमहानगरपालिकाका जनस्वास्थ्य नीरीक्षक घनश्याम सिग्देलले जानकारी दिए ।
संक्रमण पुष्टी भएको मध्ये इटहरी २ का १ जना ३८ वर्षिय पुरुष, इटहरी ५ का ३ जना २६ र ४२ वर्षिय पुरुष र ३४ वर्षिय महिला, इटहरी ९ का ३ जना २३ र २६ वर्षिय महिला र ६० वर्षिय पुरुष, इटहरी १२ का १ जना १५ वर्षिय महिला, इटहरी १४ का २ जना १२ वर्षिय महिला र ११ वर्षिय पुरुष रहेका छन ।
















