साइनो समाचारदाता
विराटनगर । बिराटनगरको न्युरो अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीका ६० वर्षीय पुरुष रहेका छन् ।अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जितराज बस्नेतका अनुसार मंगलबार राति उनको मृत्यु भएको हो ।
साउन ३१ गते ती पुरुषलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ३ भदौमा स्वाब संकलन गर्दा आइतबार पोजेटिभ रिपोर्ट आएको थियो । पोजेटिभ रिपोर्ट आएपछि संक्रमितको उपचारका लागि अस्पतालले छुट्टै आइसोलेसन कक्षमा राखेको थियो । उनमा अन्य रोग पनि रहेको बताइएको छ ।
















