साइनो समाचारदाता
काठमाडौं । काठमाडौंमा कोरोना संक्रमणका कारढा नेपाली कांग्रेस काठमाडौंका नेता गोविन्द रञ्जितको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत उनको मुत्यु भएको हो । उनी निमोनियाबाट समेत ग्रसित थिए ।
मृतक रञ्जित नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२१ का इकाइ सभापति हुन् । एक साताअगाडि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनका परिवारका सदस्यमा पनि कोरोना देखिएको छ । उनको मृत्युबारे नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले शोक व्यक्त गरेका छन् ।
















