साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे १० नम्वर बडा कार्यालयका लागि क्रिष्यालय एग्रोफिड इण्डष्ट्रिज प्रालि उर्लाबारीले कोरोना भाइरसबाट सुरक्षित हुन सघाउ पुर्याउने स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
जसमा २० सेट पीपीई, एकहजार थान एन नाइन्टिफाइभ मास्क र १० लिटर सेनिटाइजर प्रदान गरिएको वडाध्यक्ष सागर राइले जनाउनु भयो । वडाध्यक्ष राईले ती सामग्री ग्रहण गर्नुभएको छ ।
















