लागुऔषध बोकेकी एक महिलासहित तीनजना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

लागुऔषध बोकेकी एक महिलासहित तीनजना पक्राउ

साइनो समाचारदाता । सोमबार साँझ मोटरसाइकलमा लागुऔषध लिएर हिँडिरहेको अवस्थामा प्रहरीले मोरङको केराबारीबाट एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । केराबारी गाउँपालिका–५ का २२ वर्षीय रुपेश राई, सुनसरीको धरान–८ की ३० वर्षीया अविमाया राई र २० वर्षीय उत्सव लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार कोे १० प ७६९३ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुलाई मुगु खोला छेउबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको साथबाट डाइजेल्याप ९५, एभिल ९४ र लुपिजेसिक ९७ गरेर दुई सय ८६ एम्पुल लागुऔषध बरामद भएको छ । तीनै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर