साइनो समाचारदाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा ५७ जना कोरोना संक्रमित थपिएका छन् । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा १ हजार १०६ जनामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८, महाकाली नगरपालिकाका १, बैतडीको आम्री क्याम्पका १ जना रहेका छन् ।त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिका का ७, घोडाघोडी नगरपालिकाका ३१, टीकापुर नगरपालिकाका ८ र जानकी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुषालले जानकारी दिए ।
















