साइनो समाचारदाता
विराटनगर । गोरुको मासुसहित मोरङको लेटाङबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका–६ का ६३ वर्षीय जेबी भनिने जीतबहादुर राई, २३ वर्षीय जीवराज तामाङ र २१ वर्षीय ध्यानबहादुर राई रहेका छन् ।
गोरु काटेर मासु भाग लगाउँदै गरेको भेटेर उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक अशोककुमार जवेगुले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट प्रहरीले लगभग ४० किलो गोरुको मासु पनि बरामद गरेको छ । तीनै जनाविरुद्ध सोमबार पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
















