पथरीशनिश्चरेमा कोरोना भाइरस जोखिम न्यूनिकरणमा लापरवाही - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरीशनिश्चरेमा कोरोना भाइरस जोखिम न्यूनिकरणमा लापरवाही

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले कोरोना भाइरस जोखिम न्यूनिकरणमा लापर्वाही गरेको भन्दै स्थानीयले सामाजिक संजालमा आलोचना गर्दै आएका छन । कोरोना भाईरसको जोखिम बढ्दै गएको समयमा नगरले उचीत पहल कदमी चाल्न नसक्दा चौतर्फी आलोचान बढ्दै गाएको छ ।

नगरले जोखिमको समयमा पनि कर्मचारी नियुक्त गर्ने तर त्यसको नगरबासीमा सुरक्षाको अनुभुती दिलाउन नसक्नुले पनि नगर आलोचनाको सिकार हुन पुगेको छ । कोरोना रोगको जोखिम बढे संगै गरिएको लकडाउन पनि प्रभावकारी हुन सकेन । लकडाउनको समयमा विभिन्न संघ संस्थाले कार्यक्रम गरेका कारण पथरीशनिश्चरे नगरै एक साता त्रासमा वित्यो । क्वारेनटाईन ब्यावस्थापनमा लापर्वाही गरेको भन्दै सामाजिक संजालमा चौतर्फी आलोचना हुदै आएको छ ।

पथरीशनिश्चरे १ का युवा अभियन्ता सुमन विकले क्वारेनटाईन हालको अवस्थाको फोटो पोष्ट गर्दै सुधारका लागि जानकारी गराएका छन । जुन फोटोमा क्वारेनटाईनमा बस्न नसकिने अवस्था रहेको छ । जहाँ नगरले ठुलो रकम लगानी गरेको र कर्मचारी खटाएको छ । तर नगरले तयार गरेको क्वारेनटाईमा बस्न गाह्रो भएको भन्दै क्वारेनटाईनमा बस्नेले गुनासो गर्दै फोटो पठाउने गरेका छन । तर पथरीशनिश्चरे वडा नं. १ का वडाध्यक्षले गैर जिम्मेवारी अभिब्याक्ती दिएका छन । सामाजिक सञ्जालमा वडाध्यक्ष ऐङदेन र विकको जुहारी नै चलेको छ । वडाध्यक्ष ऐङदेनले उक्त कुराको खण्डन गरेपनि विकले क्वारेन्टाइनभित्रको अवस्थाको फोटो नै सार्वजनिक गरेपछि विकको नगरबासिले ताारिफ गरेका छन् ।

नगरले गरेको कार्य जनप्रतिनिधीको कम्जोरीको फाईदा उठाउदै नगरवासीले लकडाउनको बेवस्था गरे । जुन कारणले गर्दै नगर भित्र संक्रमितहरु सहजै हिनडुल गर्न पाए । जसको कारण नगर हाल शिल गरिएको छ ।लकडाउन र शिलको समयमा पनि मानिसहरु हिडडुल गरेको र पसलहरु खुलेको प्रसस्तै देखिन्छन । नगर र प्रहरी प्रसासनको कम्जोरीका कारण यि र यस्त कार्य भैरहेको स्थानियहरु बताई रहेका छन । तर उक्त विषयमा नगरले प्रहरीको काम भन्ने र प्रहरीले नगरको काम हो भनेर दोस एक अर्कामा लगाउने गरेका छन ।

त्यसो त नगरले गरेको लकडाउन पनि सर्वसाधारणका लागि मात्र हो जस्तो देखिएको छ । नगर भित्रका ठुलठुला होटलहरु भने भित्र भित्रै चलिरहेका छन । त्यस्ता होटलमा जाने पनि नगर भित्रकै केहि जनप्रतिनिधी र केहि कर्मचारीहरु रहेका छन । नगरमा रोगको त्रास फैलिनु र नगरका जिम्मेवार ब्यक्तीहरु होटलमा सोम रसमा मस्त हुनुले उनिहरुले नगरवासिको विश्वास टुटाई सकेका छन ।

सम्बन्धित खवर