साइनो समाचारदाता
इटहरी । इटहरी उपमहानगरपालिकाका २ वटा वडा सिल गरीएको छ । इटहरीका वडा नम्बर ६ र ९ पुर्ण रुपमा शील गरीएको इटहरी उपमहानगपालिकाले जानकारी दिएको छ ।
यी दुई वडामा कोरोना संक्रमणको जोखिम उच्च पाइएपछि उपमहानगरपालिकाले वडाहरू शील गरेको हो । दुवै वडा भदौ १४ गते सम्म सम्म शील गरिएको वडा नम्बर ६ का अध्यक्ष दिपक गौतमले जानकारी दिए । इटहरी ६ मा १० जना र इटहरी ९ मा ८ जना कोरोना संक्रमित रहेका छन् ।
















