साइनो समाचारदाता
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा भदौ १३ गतेसम्म लकडाउन थप गरिएको छ । आइतबार बसेको गाउँकार्यपालिका र सर्वदलिय बैठले ७ वटै वडामा भाइरसको रोकथाम र नियन्त्रण गर्न भदौ १३ गते सम्म लकडाउन थप गरीएको हा् । खाद्य मल, भेटनगरी, औषधी पसलहरु, दुधजन्य पदार्थ र विपत व्यवस्थापन कार्य बाहेक सवै बन्द रहने छ ।
अन्य पालिकाको कानेपोखरी भित्र प्रवेशमा रोक लगाईएको र पालिका भित्रको मानिस पालिका बाहिर जान नपाईने बैठकले निर्णय गरेको छ । लकडाउन अवधिभर घरमै बसेर कोरोना रोकथाम र नियन्त्रण गर्न सहयोग गर्न गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लले आग्रह गरेका छन् ।
















