युवा नेता न्यौपानेको मेयर राईलाई सुझाव - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

युवा नेता न्यौपानेको मेयर राईलाई सुझाव

पथरी

नेपाली काग्रेसका युवा नेता लोक किरण न्यौपानेले कोविड १९ को संक्रमणवाट पथरीशनिस्चरे नगरलाई वचाउन नगरप्रमुख दिलिप कुमार राईलाई ८ वुदे सुझाव दिएका छन् । नगरप्रमुख राईलाई सामाजिक सन्जाल मार्फत न्यौपानेले सुझाव दिएका हुन् ।

कोभिड १९ ले सबै तह र तप्का आक्रान्त वनेकाे समयमा पथरीशनिश्चरे नगरपालिकाले सुरक्षित रहन निम्न कार्य अबिलम्ब गर्नु पर्ने न्याैैैैैैैपानेकाे सुझाव रहेको छ । न्यौपानले नगरअस्पतालको आइसोलेसनलाई तयारी अबस्थामा राख्न माग गरेको छन भने पथरी बजार मात्र नभइ नगरभित्रका सबै चोकबजारमा जनचेतना फैलाउने प्रयोजनका लागि मातहतका कर्मचारीलाई अबिलम्ब परिचालन गर्न माग गरेका छन् ।

कोविड १९ का कारण स्थिती भयाबह बन्न सक्ने भएकाले क्वारेन्टाइन को क्षमता वढाउन उनले आग्रह गरेका छन् । नगरक्षेत्र भित्र नगर बाहिरका मानिसलाई प्रबेशमा रोक्नु पर्ने उनको आग्रह छ । कम्तिमा १४ दिन नगरलाई पुर्ण बन्द गरि संक्रमण फैलिनबाट नगरक्षेत्रलाई बचाउन सकिने न्यौपानेको सुझाव रहेको छ ।

कोविड नियन्त्रणको मोर्चाको अग्रभागमा खटिने कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधी र स्वयमसेबकलाई सुरक्षासामाग्री तथा उत्प्रेरित हुनेखालका नितिनिर्माण गर्न समेत न्यौपानेले आग्रह गरेका छन् । नगर पुर्ण ठप्प भएपछि हातमुख जोर्न कठिन ज्यालादारी गर्नेको उचित व्यावस्थापनका लागी समेत न्यौपानेको आग्रह छ ।  केन्द्र र प्रदेस सरकारले प्रभाबकारी सहयोग गरेन भनेर बिराटनगरका जनप्रतिनिधीको आबाजलाई आधारमान्दै सबैसंग समन्वय गर्न समेत आग्रह न्यौपानेले गरेका छन् ।

न्यौपाने नेपाली काग्रेसको मोरङ्ग ३ क प्रदेशका सभापतीका प्रत्यासीका रुपमा रहेका छन् । नेपाली काग्रेसको पुर्वी मोरङ्गका लोकप्रिय युवा नेताका रुपमा रहेका न्यौपानेलाई पथरीशनिश्चरे नगर सभापतीको रुपमा स्थनिय नेता कार्यकर्ताको माग रहेको छ । नगर सभापतीमा न्यौपाने जस्ता युवा आए काग्रेस वलियो हुने तर्क स्थानिय काग्रेस कार्यकर्ताको रहेको छ ।

 

सम्बन्धित खवर