साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको शनिबारको प्रेस ब्रिफीङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानरकारी दिए ।
बितेको २५ घण्टामा कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनको संख्या १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा १३६ जनाले कोरोनालाई जितेका छन् । यो संगै निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।
















