खुकुरी प्रहारबाट बाबु र पाहुना घाइते - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

खुकुरी प्रहारबाट बाबु र पाहुना घाइते

साइनो समाचारदाता
उदयपुर । उदयपुरमा शुक्रबार अन्दाजी १०ः३० बजे खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् । रौतामाई गाउँपालिका ७ पाखा टोलमा आफ्नै छोराको खुकुरी प्रहारबाट बाबु र पाहुना घाइते भएका छन् । छोरा खम्ब भन्ने नविन परियारको धारिलो हतियार खुकुरी प्रहार गरी बाबु गंगाबहादुर परियार र त्रियुगा नगरपालिका ७ का कुभिण्डेका पाहुना ५५ वर्षिय जुद्ध (काजी) खपाङ्गी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम दाहालले बताए ।

छोरोको खुकुरी प्रहारबाट बाबुको टाउको, घाटीमा चोट पटक लागेको छ भने पाहुनाको गद्र्धनमा चोट पटक लागेको छ । दुवै घाइतेलाई विराटनगरको गोल्डेन हस्पिटलमा उपचार भईरहेको एसपी दाहालले बताए । घाइते परियारको अवस्था गम्भिर रहेको एसपी दाहालले बताए ।

खुकुरी प्रहार गर्ने छोरा जंगल तिर भागेकोले खोजी कार्य जारी रहेको एसपी दाहालले जानकारी दिए । खुकुरी प्रहार गर्ने छोराको खोज तलास गरिरहेको प्रहरीले जानकारी दिए । उपचारको लागि स्थानीयहरुसँग चन्दा संकलन गरेको पठाएको पीडितका अर्का छोरा दिल बहादुर परियारले बताए । उनका अनुसार घरमा पाहुना भन्ने धामी वस्न आएका थिए ।

सम्बन्धित खवर