कोरोना महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने अपेक्षा : डब्लुएचओ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कोरोना महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने अपेक्षा : डब्लुएचओ

साइनो समाचारदाता
एजेन्सी । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ ले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने अपेक्षा रहेको जनाएको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोस अधानोम गेहब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा स्पेनिस फ्लू जस्तै कोरोना महामारीले पनि नियन्त्रणमा दुई वर्ष लिने बताएका हुन् ।

सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको थियो । कोरोना संक्रमण विश्वमा तीब्र गतिमा फैलिए पनि उच्च प्रविधिका कारण यसलाई स्पेनिस फ्लुको तुलनामा चाँडै नियन्त्रणमा लिन सकिने महानिर्देशक टेडरोसको भनाइ छ ।उनले पीपीईमा भएको भ्रष्टाचारलाई आपराधिक क्रियाकलापका रुपमा परिभाषित गरे ।

टेडरोसले विश्वका विभिन्न देशमा महामारीकै बेला पीपीईसहितका सामग्री खरिदका बेला भ्रष्टाचार भएका घटना सार्वजनिक भएको भन्दै कुनै पनि प्रकारको भ्रष्टाचार स्वीकार्य नरहेको बताएका हुन् । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको मृत्यु भैसकेको छ । दुई करोड २७ लाख भन्दा बढी मानिस विश्वभर संक्रमित भएका छन्।

सम्बन्धित खवर