भोलिदेखि पथरीशनिश्चरे शिल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

भोलिदेखि पथरीशनिश्चरे शिल

साइनो समाचारदाता पथरी/  मोरङको पथरी शनिश्चरेमा समुदायस्तरमा समेत कोरोना भाइरस फैलिएकाले भोलि बिहान १० बजेदेखि नगर क्षेत्र शिल गरिने भएको छ ।


नगर प्रमुख दिलीपकुमार राईले अत्यन्तै स्वास्थ्य सावधानी अपनाउन नगरवासीमा अनुरोध गर्दै भोलि बिहान १० बजेदेखि अस्पताल र औषधि पसल बाहेक सम्पूर्ण पसल, ब्यवसाय, यातायात संचालन सहित हिडडुलमा पूर्ण प्रतिबन्ध गरिने बताउनु भयो । नगरको सो आव्हानलाई पूर्ण रुपमा पालना गरी कोरोना भाइरसबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन नगरवासीमा आग्रह गर्नुभयो ।
अत्यावश्यक खाद्यान्न, सब्जी, फलफुल, दुधजन्य पदार्थ विहान ६ देखि विहान ९ बजेसम्म मात्र विना भिडभाड सञ्चालन गरिसकेपछि भोलि १० बजेबाट नगरलाइ शिल गरिने छ ।
सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका नगरका १ जना २३ वर्षीय पुरुषमा आज कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा कोरोना भाइरस फैलिएको हुनसक्ने बुझेर शिल गर्ने अवस्था आइपरेको हो । भदौ २ गते पथरी शनिश्चरेको आफ्नो घरबाट काम गर्न सो फ्याक्ट्री गएका उनलाई फ्याक्ट्रीले सोही दिन पीसीआरको स्वाब संकलन गराएको थियो । सो को रिपोर्ट आज पोजेटिभ आएपछि ती युवा आफुसँग गएका २ जना साथीसँग अटो रिक्सा चढेर पथरी बजार आइपुगेको पत्ता लागेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । उनीसँग सम्पर्क भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गरिने छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा अन्य २ युवाको रिपोर्ट भनें नेगेटिभ आएको थियो । फ्याक्ट्री पुग्नु अघि नै ती युवा कोरोना संक्रमित भएको हुनसक्ने बुझिएको छ । उनलाई कोभिड अस्पताल गोठगाउँ पठाइएको छ भनें अन्य २ जनालाई नगरको क्वारेन्टिनमा राखिएको छ ।

 

सम्बन्धित खवर