साइनो समाचारदाता
पथरी । मोरङको पथरीमा एकजनामा कोरोना पुष्टि भएको छ । पथरीबाट सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका नगरका १ जना २३ वर्षीय पुरुषमा आज कोरोना पोजेटिभ देखिएको पथरीशनिश्चरे नगरपालिकाका जनस्वास्थ्य निरिक्षक मुरारी आचार्यले जानकारी दिनुभयो ।
भदौ २ गते घरबाट काम गर्न उक्त फ्याक्ट्रीमा काम गर्न गएका उनलाई फ्याक्ट्रीले सोहिदिन स्वाब परिक्षण गराएको थियो । सो को रिपोर्ट आज पोजेटिभ आएपछि ती युवा आफुसँग गएका २ जना साथीसँग अटो रिक्सा चढेर पथरी बजार आइपुगेको पत्ता लागेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । उनीसँग सम्पर्क भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गरिने छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा अन्य २ युवाको रिपोर्ट भनें नेगेटिभ आएको थियो । फ्याक्ट्री पुग्नु अघि नै ती युवा कोरोना संक्रमित भएको हुनसक्ने बुझिएको छ । उनलाई कोभिड अस्पताल गोठगाउँ पठाइएको छ भनें अन्य २ जनालाई नगरको क्वारेन्टिनमा राखिएको छ ।
















