साइनो समाचारदाता
पथरी । मोरङ्गको उर्लावारीस्थित मंगलवारे अःपतालको इमरजेन्सी कक्ष शनिवारसम्मका लागि वन्द गरिने भएको छ । मंगलवारे अस्पतालमा उपचारका लागी आएका कानेपोखरी ४का वृद्धमा कोरना पोजेटिभ भएको पाइएपछि अस्पतालको अत्यावश्यक सेवा शुक्रवार र शनिवार वन्द गरिने भएको हो ।
अस्पतालले विहिवार एक विज्ञप्ती प्रकाशित गरि अस्पताल सेनिटाइज गर्न अस्पतालको अति आवश्यक सेवा समेत वन्द गरिएको जनाएको छ । उच्च ज्वरो आएपछि साउन ३२ गते मंगलवारे अस्पतालमा उपचारका लागी आएका ति वृद्धमा वुधवार कोरना पोजेटिभ पाइएको छ ।
विराटनगरमा श्वाब परिक्षण गरेका उनको कोरना पोजेटिभ आएसंगै इमरजेन्सी कक्षको कोठा तथा शैया लगायतमा समेत संक्रमणको उच्च जोखिम रहेकोले विहिवार दिउसो ३ वजे देखि शनिवार सम्म अत्यावश्यक सेवा वन्द गरिएको हो । अस्पतालमा कोरनाको संक्रमण फैलने त्रासका कारण सेनिटाइज गर्न लागीएको अस्पतालले जनाएको छ । अस्पतालको एमरजेन्सी विभाग मात्रै वन्द रहने र अन्य सेवा सुचारु हुने जनाइएको छ ।
















