साइनो समाचारदाता
काठमाडौँ । ललितपुरमा प्रहरीमाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित पुलमा ड्युटीमा खटिएको प्रहरीमाथि बिहीबार बिहान हातपात गर्ने दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ घर भएका २५ वर्षीय नविन तामाङ र १८ वर्षीय किशोर छन् । पैदल हिँडिरहेका उनीहरुलाई प्रहरीले सोधपुछ गर्दा एकाक्सी प्रहरीमाथि हातपात गरेका थिए । कुटपिटबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरु बि एण्ड बि अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको नेपाल प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















