राजविराजमा थप १४ जनामा कोरोना पुष्टि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

राजविराजमा थप १४ जनामा कोरोना पुष्टि

साइनो समाचारदाता
सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक साताअघि राजविराज ६ मा कोरोनाबाट मत्यु भएका वृद्धको घरमा भाडामा बस्दै आएका चार जना र उनको तीन जना छिमेकीमा संक्रमण पुष्टि भएको छ ।

उनको घरमा कोठा भाडा लिई बस्दै आएका ४ वर्षीया बालिका, २० र २५ बर्षीया महिला तथा ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको वडा अध्यक्ष प्रेम यादवले बताए ।यस्तै मृतक वृद्धका तीन जना छिमेकीमा पनि कोरोना संक्रमित पुष्टि भएको उनले बताए । उनका अनुसार दुई जना ५३ वर्षका र एक जना १६ वर्षका छिमेकीमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी राजविराज वडा नम्बर १ र २ मा ३र३ जना तथा वडा नम्बर ७ मा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर १ का १५, २१ र ९, वडा नम्बर २ का १६, १४ र २४ तथा वडा नम्बर ७ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारै सप्तरीको रुपनी गाउँपालिका वडा नमबर ६ का ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर