साइनो समाचारदाता । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार यसरी मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक–एक पुरुष छन् । त्यस्तै मोरङ, भक्तपुर, चितवन र सुनसरीमा एक एक महिलाको मृत्यु भएको छ ।थपिएका ६ सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
















