साइनो समाचारदाता
जनकपुरधाम । सिराहाको मिर्चेया नगरपालिका ५ का वीरेन्द्रकुमार यादवको हत्या आरोपीलाक्षर्् प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चेया नगरपालिका(९ बस्ने ३० वर्षीय लालकुमार साह रहेका छन् । २०६७ साल असार ११ गते गोली प्रहारबाट यादवको हत्या भएको थियो ।
साहलाई जनकपुरधाम उपमहानगरपालिका(१ स्थित वकील टोलबाट मंगलबार नियन्त्रणमा लिएको सिराहा प्रहरी प्रबक्ता बिनोद घिमिरेले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय, सिराहाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
















