म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाउने नौ जना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाउने नौ जना पक्राउ

साइनो समाचारदाता । म्युजिक भिडिओमा झण्डा जलाउने समूहका नौ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट प्रहरीको विभिन्न युनिटबाट खटिएको टोलीले बुधबारसम्म नौ जनालाई पक्राउ गरेको हो ।

’मङगोल हप’ नामक युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको ’देशद्रोही’ नामको गीतमा राष्ट्रिय झण्डा जलाइएको थियो । त्यसको चौतर्फी विवाद भएपछि नेपाल प्रहरीले आफ्ना विभिन्न युनिटहरू खटाइ यस घटनामा संलग्नहरूलाई पक्राउ गरेको हो । थप चार जनालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो । नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा अहिलेसम्म नौ जना पक्राउ परेको उल्लेख छ।उक्त घटनामा संलग्न सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गायक तथा झण्डा जलाउने ग्याल्जोङ दोर्जे तामाङ पनि रहेका छन् । उनीहरूविरूद्ध राज्य विरूद्धको अपराध, साइबर अपराध र राष्ट्रिय झण्डा जलाएको लगायतमा अनुसन्धान आकर्षित हुने महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए । उनका अनुसार थप अनुसन्धान गर्न नौ जनालाई महानगरीय प्रहरी परिसरमा पठाइएको छ । उक्त म्युजिक भिडिओ मकवानपुरको बागमती गाउँपालिका ३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर