साइनो समाचारदाता
झापा । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा कमल गाउँपालिकामा २ का २२ बर्षीय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको हो ।
मंगलवार अपरान्ह ५ बजेको समयमा स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाइ करेन्ट लागेको थियो ।उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा बाटैमा उनलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
















