साइनो समाचारदाता । कविवर माधवप्रसाद घिमिरेको निधनमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन्। बुधबार बिहान एक विज्ञप्ति जारी गरी पूर्वराजाले निरन्तर साधनारत्, उत्कृष्ट व्यक्तित्व घिमिरेको निधनले नेपाली वाङ्मय र साहित्य क्षेत्रमा अपूरणीय क्षति भएको जनाएका छन् ।
‘देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काव्य कृति सदा पठनीय र मननीय छन्,’ शाहले भनेका छन् । शाहले घिमिरेको निधनले शोकमा रहेका परिवारलाई समवेदना व्यक्त गरेका छन ।
















