साइनो समाचारदाता
इटहरी । सुनसरीको इटहरीमा ४ जना कोरोना संक्रमित थपिएका छन् । श्रावण ३२ गते संकलन गरिएको स्वावमा पछिल्लो पटक ४ जनाको नतिजा पोजेटिभ आएको हो ।
संक्रमितहरु इटहरि उपमहानगरपालिका वडा ४ का १ जना, ईलाका प्रहरी कार्यलयका १ जना प्रहरी र २ जना थुनुवा रहेका छन् । पछिल्लो अध्यावधिक विवरण अनुसार हाल सम्म ईटहरीमा कोभिड १९ सक्रमितको संख्या ५९ पुगेको छ ।
















