पशुमा फैलिएकाे लम्पी स्किन राेग नियन्त्रणमा अाउन सकेन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पशुमा फैलिएकाे लम्पी स्किन राेग नियन्त्रणमा अाउन सकेन

पथरी
असारको मध्य वाट पशुमा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आउन सकेको छैन् । ‘लम्पी स्किन’रोगको नियन्त्रणका लागी सरकारी तवरवाट कुनै कार्य नभएको मोरङ्गका किसानले वताएका छन् ।

सो रोगले विषेश यस क्षेत्रमा पालिएका गाँई प्रभावित भए पनि रोग नियन्त्रणका लागी सरकारी तवरवाट कुनै प्रक्रिया नै सुरु नगरीएकोले किसानको लगानी डुव्ने खतरा वडेको छ ।

रोग प्रभावित वनेका पथरीशनिश्चरे,लेटाङ्ग कानेपोखरीका किसानहरुले व्याक्तिगत रुपमा गाईको उपचार गराएपनि रोग नियन्त्रणमा आउन नसक्दा किसानमा थप चिन्ता थपिएको छ । स्थानिय पशु स्वास्थ्य प्राविधिकहरुले रोग फैलिन नदिन एन्टीवायोटिक्स र अन्य छालाका रोगमा प्रयोग गरिने औषधी प्रयोग गरे पनि सो रोग नियन्त्रणमा आउन सकेको छैन् ।

लेटाङ्गका किसान प्रेम दाहालका अनुसार अझ अवस्था भयावह हुन लागेको छ । सो रोगको संक्रमण भएका गाईमा छाला झर्ने सम्मका समस्या देखिएका छन् । अन्य निरोगी पशु समेत विरामी पर्दै गएका छन् ।

रोग फैलिएको जानकारी गराए पनि सरकारी तवरका भेटरीनरी अस्पतालवाट रोग नियन्त्रणका लागी खोप लगाउने र रोगको संक्रमण रोक्नका लागी अन्य कार्य नभएको किसानहरुको भनाइ रहेको छ ।  एउटा पशु उपचारमै ३ देखी ४ हजार रुपयाँ रकम खर्चिनु परिरहेको किसानहरुको भनाइ छ । रोग नियन्त्रणमा नआउदा किसानमा थप समस्या भएको छ ।

पशुको शरीरमा फोका आउने,ज्वरो आउने, फोका फुटने,फुटेको भाग वाट पानी वग्ने,खुट्टा सुन्निने र पशु वस्तुको दुध उत्पादन घटने लक्षण देखिने गरेको छ । रोगवाट संक्रमित पशुमा वाझोपनाको समस्या देखिने पशु चिकित्सकहरु वताउछन् ।

प्रदेश नम्वर १को भुमी व्यावस्था कृषी तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत पशुपती ढुङ्गानाका अनुसार प्रदेश नम्वर १का झापा,मोरङ्ग र सुनसरीका पशुमा लम्पी स्किन रोगको प्रकोप भएपनि यसका नियन्त्रणका लागी भेटरीनरी अस्पतालले प्रयास थालेका छन् ।

रोग फैलाउने झिगा,मच्छड लगायत नियन्त्रण गर्न औषधी छर्ने काम समेत भइरहेको ढुङ्गानाको दावी छ । उनका अनुसार भने रोग विषाणु वाट सर्ने भएकाले केन्द्रिय पशुरोग अन्वेषण केन्द्रमा यो कुन प्रजाती र उपजातीको विषाणु हो भन्ने परिक्षण भइरहेकाले तत्काल खोप लगाउने कार्य सम्भव नभएको हो ।

खोपका लागी केहि ढिलाइ भएपनि पशुमा संक्रमण नफैलिन कृषी मन्त्रालयले पहल थालिरहेको ढुङानाको भनाइ रहेको छ । ढुङानाले भने ‘पहिला त नेपालमा फैलिएको लम्पीको उपजात वारे पत्ता लागेपछि मात्र खोप व्यावस्थापन गर्न सकिन्छ’ उनले भने ‘ संक्रमितलाई खोप लगाउनु प्रभावकारी छैन् ’ ।

नेपालमा लम्पी स्किन रोगको खोप उत्पादन नभएकाले पनि विदेशको भर पर्नु पर्नेछ ।
झापा मोरङ्ग र सुनसरीका धेरै पशुमा यसको संक्रमण अझ वड्ने पशु चिकित्सक हरु वताउछन् । वर्खा याममा चरनका लागी पशु वाहिर नछोडिने भएपनि यस पछि पशु वस्तु चरनका लागी जंगल वा अन्य क्षेत्रमा छोडीने र संक्रमितको प्रत्यक्ष संम्पर्क वाट रोग फैलने पशु चिकित्सक वताउछन् ।

यो रोग झापा मोरङ्ग सुनसरी र अन्य जिल्लामा देखिएको छ । रोगको संक्रमण देखिएको १ महिना पछि मात्र पशु रोग अन्वेषण कार्यालयले लम्पी रोग भएको पुष्टी गरेको थियो । कार्यालयले लम्पी फैलिएको पुष्टी गर्दा धेरै पशु यो रोग वाट प्रभावित वनिसकेका थिए । रोगको संक्रमण वाट पशु क्षती कम गर्न किसानले रोग नियन्त्रणका लागी खोप लगाउन माग गरेका हुन् ।

अफ्रिका वाट फैलिएको यो रोग २०१९को मध्य तिर भारत र वंगलादेशमा देखिएको थियो भने नेपालमा असारको मध्य वाट देखिएको थियो । यो रोग मोरङ्गमा पालिएका गाईमा पहिलो पटक देखिएको हो । रोग नियन्त्रण गर्न भारत तथा अन्य देशमा यो रोग विरुद्धको खोप दिदै आइरहेको छ ।

सम्बन्धित खवर