साईनो समचार प्रभाव : ७२ वर्षीय तुलशा विश्वकर्माले पाईन नागरिक्ता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

साईनो समचार प्रभाव : ७२ वर्षीय तुलशा विश्वकर्माले पाईन नागरिक्ता

साइनो समाचारदाता
पथरी ।
मोरङको पथरीशनिश्चरे ३ की ७२ वर्षीय तुलशा विश्वकर्माले लामो समयपछि झन्झटिलो प्रक्रीयाबाट नागरिक्ता पाएकी छन । साइनो खवरको पहल र समाजसेवि रुकमिणा वजगाईको सहयोगमा तुलसाले नागरिक्ता पाएकी हुन । साइनो खवरले साउन १८ गते “७२ वर्षको उमेरमा पनि नागरिक्ता पाइनन तुलशा विश्वकर्माले” भन्ने शिर्षकमा समाचार सार्वजनिक गरेपछि तुलशाले नागरिक्ता पाएकी हुन ।

समाजसेवि रुकमिणा वजगाईको ठुलो पहलले विश्वकर्माले भदै १ गते जिल्ला प्रशासन कार्यालय, उर्लावारी मोरङबाट ०२–०५–७७–००४३१ नम्वरको नागरिक्ता पाएकि छीन । नगरिक्ता पाए पछि विश्वकर्माको घरमा खुसीयाली छाएको थियो । २०३६ साल देखि पथरीशनिश्चरे ३ बस्दै आएकी विश्वकर्माले ३ ओटा चुनावमा भोट हालिसक्दा पनि वडामा नागरिक्ताको सिफारिस माग्न जाँदा सिफारिस पाएकी थिइनन ।

५ जना छोरा छोरीको नागरिक्ता बनाई सकेकी तुलशाको जन्मदर्ता नभएका कारण वडाले सिफारी दिएको थिएन । पथरी शनिश्चरे वडा नं. ३ मा बस्दै आएकी तुलसा विश्वकर्माको २००५ सालमा ताप्लेजुङमा जन्म भएको थियो । तुलशाले नागरिक्ताका लागि ४ पटक वडा कार्यालय धाई सकेकी थिइन ।

वडाध्यक्ष डम्बर बहादुर चेम्जोङले सिफारिस नदिएपछि पटक पटक विश्वकर्मा निरास हुदै घर फर्किन बाध्य भएको मेलमिलाप समितिकी सदस्य रुकमीणा अधिकारी बताउछिन । तुलशाको परिवारलाई आफुले राम्ररी चिनेको बताए पनि जन्म प्रमाणितको पत्र नल्याए सम्म सिफारिस नदिने वडाध्यक्ष चोम्जोङको अडान थियो ।

आफ्नो नागरिक्ताबाट छोरा छोरीको नागरिक्ता बन्यो श्रीमतीको बनाउन खोज्दा जन्म दर्ता चाहियो भन्दै वडाध्यक्षले दुख दिएको श्रीमान गोपाल बराईली बताएका थिए । वडामा सिफारीस लिन आउदा सबै कागज पत्र हुदा पनि जन्म दर्ता ल्याउन भन्दै ५ पटक फर्काएको तुलसाकी बुहारी मैया बराईली बताउछिन ।

२०७४ पुस ७ गते चेम्जोङले नै पारिवारीक विवरण प्रमाण पत्र सिफारीस गरेका थिए । नागरिक्ता नभएपछि तुलशाले सामाजिक सुरक्षा भक्ता देखि लिएर राज्यको सबै सुविधाबाट बञ्चित भएका कारण साइनो खवरले “७२ वर्षमा उमेरमा पनि नागरिक्ता पाइनन तुलशा विश्वकर्माले” शिर्षकमा समचार सार्वजनीक गरेको थियो ।

नागरिक्ता पाउनका लागि तुलशाले माइतपटीको भाउजुको नागरिकता, निर्वाचन आयोगको मतदाता परिचय पत्र, श्रीमानको नागरिकक्ता, बसाइसराई, पारिवारिक विवरण लगाएतका आवश्यक सबै कागज पत्र सहित सर्जमिनका लागि टोलका ५ जना छिमेकी सहित आउदा पनि वडाध्यक्षले फकाई लिएका थिए ।

विभिन्न समयमा पथरीशनिश्चरे वडा नं ३ का वडाध्यक्ष विबादित बन्दै आएका छन् । कहिले कृषकहरुको लागी अनुदानको लागि आएको विरुवा आफै लगेर, कहिले अर्कै वडाको जग्गाको सिफरीस गरेर त कहिले रुख डोको लगायतमा कर लगाएर । वडाध्यक्ष चेम्जोङ आफु विवादमा मुछिने अनि विभिन्न युटुवरलाई बोलाएर समाचार गलत भएको भनि प्रचार गर्न लगाउने गरेका छन् ।

सम्बन्धित खवर