साइनो समाचारदाता । सोमबार चितवनको राप्ती नगरपालिका १ लोथरमा निषेधाज्ञा लागू गराउने क्रममा प्रहरीले हवाई फायर गरेको छ । करिब दुई सयको संख्यामा मानिसहरू भेला भएर निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त लामाले बताए ।
कोरोना संक्रमणको स्थितिलाई नियन्त्रण गर्न प्रशासनले त्यहाँ निषेधाज्ञाको निर्णय गरेको थियो । स्थानीयहरु सो निर्णय नमान्ने भन्दै प्रदर्शनमा निस्केका थिए ।‘सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले छेउमा गएर सम्झाइ बुझाइ गर्न सकिएन, एक राउन्ड हवाई फायर गरेर मानिसहरूलाई भगाइएको हो,’ लामाले भने । हवाई फायर भएपछि स्थिति सामान्य अवस्थामा आएको लामाले बताए ।
















