सरकारले तोकेको भन्दा आधा शुल्कमै नोबेलले कोरोना परीक्षण गर्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सरकारले तोकेको भन्दा आधा शुल्कमै नोबेलले कोरोना परीक्षण गर्ने

साइनो समाचारदाता
विराटनगर । २ हजार ६ सय रुपैयाँमै कोरोना भाइरसको परीक्षण गर्ने तयारी विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले गरेको छ । यो शुल्क सरकारले तोकेको भन्दा आधा कम हो । सशुल्क कोरोना परीक्षणको लागि ५ हजार ५ सय रुपैयाँ सरकारले तोकेको छ ।

आउने साताबाट परीक्षण सुरु गर्ने अस्पतालका निर्देशक डा. राजेश नेपालले जनाएका छन् । मोडिफाइड पिसिआर मेसिनबाट परीक्षण सुरु गर्न लागिएको उनले बताए । ’यो प्रविधिको मेसिन नेपालमै पहिलो पल्ट प्रयोग गर्न लागिएको हो । यसलाई मोडिफाइड पिसिआर मेसिन भनिएको छ,’ उनले भने, ’हामी पहिले यसको विश्वसनीयता कति छ भनेर ट्रायल गर्छौं र सोचेअनुसार नतिजा आउने साताबाटै परीक्षण गर्छौं।’

उनले मेसिनमा आउने नतिजाको गुणस्तर शंकास्पद आए मेसिन प्रयोगमा नल्याइने जनाए । यसमा पिसिआर मेसिनको प्रयोग भए पनि यो पिसिआर परीक्षण भने होइन । यो परीक्षणलाई एन्टिजेन टेस्ट भनिएको छ । यद्यपी यसमा पनि स्वाबबाटै परीक्षण गरिने निर्देशक नेपालले जनाए । यो मेसिनबाट कोरोना परीक्षण गर्दा आइएनए छुट्याउनु नपर्ने उनी बताउँछन् । निर्देशक नेपाल भन्छन्, ’अहिले पिसिआर परीक्षण गर्दा सबैभन्दा समय खर्च भएकै आरएनए छुट्याउनलाई हो । तर यसमा छुट्याउनु पर्दैन। स्वाब सिधैं हालेपछि संक्रमण छरछैन भनेर एकीन गर्छ।’

उनले यो मेसिनले दुई देखि तीन घण्टामै नतिजा दिने दाबी गरेका छन् । सरकारले निजी प्रयोगशालाहरूलाई समेत सशुल्क कोरोना परीक्षणको अनुमति दिएपछि नोबेल अस्पताल पनि परीक्षणको लागि अघि सरेको हो । निर्देशक नेपालले नोबेल अस्पतालका विरामीका लागि २ हजार र बाहिरका विरामीका लागि २ हजार ६ सय रुपैयाँ परीक्षण शुल्क तोकिएको जनाए।

सम्बन्धित खवर