पथरीमा चित्तल सहित २ जना शिकारी पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरीमा चित्तल सहित २ जना शिकारी पक्राउ

साइनो समाचारदाता
पथरी । मोरङको पथरीमा सोमवार विहान चित्तल सहित २ जना शिकारी पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरि जंगली जनवार चित्तललाई पासोमा पारी लैजानै लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे वडा नम्वर १ वस्ने वर्ष २६ को चित्र कुमार श्रेष्ठ र सोही वडा वस्ने वर्ष २१ को विश्ववन्धु भन्ने विवश राई रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनु भएको छ ।

उनिहरुको साथ बाट प्रहरीले मासु काट्ने दाउ एक थान, चित्तलको छाला काट्न प्रयोग गरिने कर्द एक थान, पासोको रुपमा प्रयोग गरिने स्टिलको १० मिटर डोरी वरामद गरेको छ ।पक्राउ परेका सिकारी र चित्तललाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय पथरीमा वुझाएको प्रहरीले जनाएको छ ।

वन क्षेत्रको माथील्लो भागमा चित्तललाई पासोमा पारी तान्ने लैजाने क्रममका वन हेरालुहरुले देखेर प्रहरीलाई खवर गरेपछि वनका पदाधिकारी र प्रहरीको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । कोरोना कहरका कारण समुदाय स्तरवाट नियमित रुपमा वनको गस्ती गर्न सम्भव नएका कारण चोरी शिकारीका घटनाहरु वढ्दो क्रममा रहेको हरीयाली सामुदायिक वनका अध्यक्ष कावुल बहादुर मगरले वताउनु भएको छ ।

सम्बन्धित खवर