बेपत्ता थप दुईको शव फेला - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बेपत्ता थप दुईको शव फेला

साइनो समाचारदाता । कालीगण्डकी गाउँपालिका –४ खहरेमा आज बिहान गएको पहिरामा परेर बेपत्ता भएका कालीगण्डकी गाउँपालिका ४ का ६० वर्षीय गिमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापाको शव भेटिएको प्रहरीले जनाएको छ । बाटामा हिँडिरहेका अवस्थामा माथिबाट खसेको पहिराले पुर्दा सो घटना भएको गाउँपालिकाले जनाएको छ ।

उनीहरुसंँगै पहिरामा बेपत्ता ६० वर्षीय प्रेमचन्द्र पाण्डेलाई नभेटिएको र आज राति भएकाले शनिबार बिहानैदेखि खोज शुरु गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । पहिरामा पुरिएका ६५ वर्षीय इमानसिंह रानाको अपराह्न नै बिर्घा स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरबहादुर रानालाई बिर्घा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो ।

पहिरो गएको खबर पाएलगत्तै घटनास्थलमा गएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री नेपाली सैनिक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली स्काभेटरको सहायताले पहिरामा हराइरहेकाको खोजी जुटेको थियो ।

रासस

सम्बन्धित खवर