साइनो समाचारदाता
बुटवल । गुल्मीमा रोकिराखेको मालवाहक ट्रक पहिरोसहित आएको बाढीले बगाएको छ । बुटवलदेखि बागलुङको बहटियातर्फ जाँदै गरेको लु१ख ७४०६ नम्बरको ट्रक सत्यवती गाउँपालिका वडानम्बर ६ मा डहरे ठाडो खोलामा आएको बाढीले ट्रक बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
ठूलो बाढी आएपछि ट्रक रोकेर चालकहरु साईड लागेका थिए । उक्त ट्रक बाढीले करिब २० मिटर तल बगाएको प्रहरीले जनाएको छ । बगाएको ट्रकको क्षतिको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ ।
















