ओली –प्रचण्डबीच आज पनि वार्ता सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

ओली –प्रचण्डबीच आज पनि वार्ता सुरु

साइनो समाचारदाता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विवादमा सहमति खोज्न शुक्रबार पनि भेटवार्ता सुरु भएको छ । ओली र प्रचण्डबीच नौ दिनको मौनता तोड्दै बिहीबार चार घण्टा वार्ता भएको थियो ।

वार्ताका लागि अध्यक्ष प्रचण्ड सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । द्विपक्षीय वार्तामा सहमतिका विविध विकल्पबारे छलफल हुने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वागले जानकारी दिए । ‘हिजोको वार्ताको निरन्तरतास्वरुप आज पनि वार्ता हुदैछ । सायद आजको वार्ताले केही परिणाम ल्याउँछ भन्ने हाम्रो अपेक्षा छ,’ नेम्वागले भने, ‘उहाँहरूबीच छलफल भएका विषयहरुबारे त जानकारी छैन तर पार्टी विवाद समाधानका लागि उहाँहरु गम्भिर भएको बुझिएको छ ।

दुई नेताबीच बिहीबार भएको वार्तामा पार्टीभित्रको समस्या समाधानउनमुख कोणबाट अघि बढेको ओली र प्रचण्ड निकटका नेताहरुले बताउदै आएका छन् । बिहीबार भएको दुुई नेतावीचको वाार्तमा यसअघि स्थायी समिति बैठक नै नचाहेका ओली अव भने स्थायी समिति बैठक राख्न र आफुपनि बस्न सहमत भएका छन् । दुई नेताको वार्तामा प्रधानमन्त्रीका तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डका तर्फबाट नेता जनार्दन शर्मा सहयोेगिका रुपमा सहभागी हुदै आएका छन् ।

नेकपामा ओलीको राजीनामाको विषय चर्को रुपमा उठेपछि असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अवरुद्ध बन्दै आएको छ । खासगरी ओलीको राजीनामाको विषय प्रचण्डसहितका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालहरुले उठाउदै आएका छन् । तर ओलीको राजीनामाको विषय बैठकमा अहिलेसम्म प्रस्तावका रुपमा लगिएको छैन ।

सम्बन्धित खवर