साइनो समाचारदाता । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरोले १३ घर पुरेको छ । शुक्रबार बिहान साढे ६ बजे पहिरोले १३ घर पुरिएको हो । ’१३ घर केही नदेखिने गरी पुरिएको छ’ जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने,’ ५ घरका परिवार सम्पर्कमा छैनन्।’
नेपालका अनुसार सामान्य घाइते भएर निस्कन सक्नेहरु १५ जना निस्किएर लप्सेचौर भन्ने स्थानमा गएर बसेका छन् । अन्य घाइतेहरुलाई निकाल्न सकिने अवस्था नभएकाले हेलिकोप्टरको प्रयास भइरहेको उनले बताए । सम्पर्कविहिन भएका ५ घरमा कति जना थिए भन्ने यकिन नभएको उनले जानकारी दिए । घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
















