साइनो समाचादाता
सिरहा । कोरोना (कोभिड १९) का कारण सिरहामा.ा थप एक पुरुषको मृत्यु भएको छ । कोरोनाका कारण सिरहाको विष्णुपुर गाउपालिका – १ गौरीपुरका ४० वर्षीय पुरुषको कोसी अञ्चल अस्पताल विराटनगरमा बिहिबार राती मृत्यु भएको हो ।
ज्वरो, टाइफाईड र स्वास प्रस्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि बुधबार विराटनगर लगिएको थियो । घरमै उपचार गराइरहेका उनलाई असहज महसुस हुन थालेपछि विराटनगरस्थित कोशी अस्पताल लगिएको परिवारले बताएको छ । विराटनगरमा उनको आईसोलेशनमा राखेर उपचार गरिएको र उनको मृत्युपश्चात स्वावको रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । मृतको शव सिरहा ल्याउने प्रकृयामा रहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए ।
सिंहको मृत्युपछि विष्णुपुरमा शुक्रबार बिहान ४ बजेदेखि दिउँसो ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । मृतकको सम्पर्कका आएका सबै व्यक्तिको पिसिआर परीक्षण गरिने वडाध्यक्ष गोपिन्द्र यादवले जानकारी दिए । गत साउन २ गते आमाको निधन भएपछि उनी अमाको क्रिया बसेका थिए । योसहित कोभिड १९ का कारण सिरहमा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
















